‘मतदाताहरु सचेत एवम् जागरुक हुनु पर्छ ’

55

खोटाङ जिल्लाको सिमपानी गाविस–८ मा जन्मिए पनि उनको विवाह हुम्ला, सिमीकोट–५ मा भयो । हाल नेपालगन्ज उपमहानगरपालिका–५ मा बस्दै आएकी ताराकुमारी खत्री(रोकाय) पछिल्लो समयमा सफल व्यवसायी भएकी छन् । एउटा सफल व्यवसायी महिलाका रूपमा पनि त्यति सहज छैन । थुप्रै संघर्ष पार गर्नुपर्ने अवस्था छ । तर पनि अनेकौ चुनौती पार गरिन् । उनै व्यवसायी ताराकुमारी खत्री (रोकाय) सँग छिनछिन खबरका लागि गरिएको कुराकानीः

तपाईले कसरी व्यवसायिक यात्रा सुरु गर्नु भयो ?

सुरुमा त व्यवसाय गर्दा निकै सघर्ष गर्र्नु प¥र्यो । मैले मदिरा व्यवसायबाट आफ्नो यात्रा सुरु गरेकी हुँ । मदिरा बिक्री गर्न लागेको देखेर धेरैले कुरापनि काटे होलान् । तर म निरन्तर लागी रहे । सफल पनि भए । मदिरा मात्र नभई अब उद्योगतर्फ पनि लाग्ने सोच बनाई रहेकी छु ।

tara kumari khatri

मदिरा व्यवसाय नै किन रोज्नु भयो ? अन्य पनि विकल्प धेरै थिए होला ?

मेरो धाराण के हो भने अरु भन्दा फरक, जो महिलाहरुका लागी कतिपयले अप्ठेरो पनि भन्ने गरेका छन त्यस्ता व्यवसाय गरेर अरु धेरै महिलालाई पनि यस तर्फ आउन प्रेरणा मिलोस् भन्ने सोच र विश्वासका साथ नै यसमा लागेकी हुँ । मैले जे गरे राम्रो नै भएको छ । धेरै जनालाई रोजगारी पनि दिए । म र मेरो परिवार पनि सन्तुष्ट नै छ । मलाई देखेर अन्य महिला दिदी बहिनीहरु पनि मदिरा व्यवासायतर्फ आकर्षित हुनु भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा किन उम्मेदवारी दिनुभयो ?

हुन त म यस अघिको कार्यसमितीमा पनि सहभागी थिए । जति बेला मलाई संघको त्यति अनुभव पनि थिएन । मैले जेजति प्रतिबद्धताहरु गरेकी थिए । ति प्रतिबद्धताहरु सबै पूरा गर्न पनि सकेन होला तर पनि महिला उद्योगी व्यवसायीलाई संघमा जोड्न, आम उद्योग ब्यवासायिका समस्याहरुलाई निराकरण गर्न धेरै हदसम्म पहल गरे जस्तो लाग्छ । यसको मूल्याङ्कन त पक्कै भएकै होला । फेरि यसपटक किन सोही ठाउँमा उम्मेदवारी भन्ने प्रश्न पनि आउला । यस विषयमा म के भन्न चाहान्छु भने अहिले पनि संघमा पुरुष साथीहरुकै वर्चस्व छ । त्यसमा पनि अझ अध्यक्षमुखी संस्था भएकाले माहोल नमिलेर धेरै व्यवसायिक एजेन्डाहरु ओझेलमा पनि परेका छन । यी र यस्तै थुपै समस्याको हल गर्न मैले यसअघि लिएको संघको अनुभवले धेरै सहयोग गर्नेछ । भन्ने आत्मविश्वाससाथ चुनावी मैदानमा उत्रिएकी छु । आशा छ आम उद्योगी व्यवसायी सबैले फेरि पनि एकपटक सहयोग सर्मथन जनाउनु हुनेछ ।

तपाईको आबद्धता अन्य संघ संस्थामा पनि छ कि ?

हो केही अन्य ठाउँमा पनि आबद्ध छु म । जस्तै आजीवन सदस्य परोपकार क्यान्सर हस्पिटल खजुरा र राधाकृष्ण मन्दिर व्यवस्थापन समिति नेपालगन्ज, सदस्य रेयुकाई नेपाल, प्रथम उपाध्यक्ष कर्णाली एकता समाज, सदस्य हुम्ली सेवा समाज, अध्यक्ष उज्यालो वचत तथा ऋण शहकारी संस्था लगायतका एक दर्जन जति निकायहरु छन् ।

यति धेरै संघ संस्थामा आबद्ध हुनुहुन्छ ? वाणिज्य संघ, व्यवसाय र घरपरिवारलाई कसरी समय दिन सक्नु होला र ?

जहाँ इच्छा त्यहा उपाय भने झै समयको सही सदुपयोग गर्ने क्षमता व्यक्तिमा भयो भने कुनै पनि समस्या आउँदैन । सहजैसँग सबै काम र जिम्मेवारीहरु निर्वाह गर्न
सकिन्छ । समयको सदुपयोग गर्ने क्षमता म पनि छ । मैले गरेकी पनि छु ।

कतिपयले राजनीतिकै कारण व्यवसाय ओझेलमा परेको भन्छन् नि ? तपाईको प्रतिक्रिया के छ ?

यो वा त्यो भन्नु भन्दा पनि विशुद्ध व्यवसायिक एकता हुनुपर्छ भन्ने मेरो भनाइ हो । तर पनि राजनीतिले व्यवसायलाई मात्र नभएर सबै क्षेत्रलाई त्यत्तिकै छोएको छ । राजनीति गर्ने ठाउँमा राजनीति गर्नु पर्छ भने व्यवसाय गर्ने ठाउँमा व्यवसाय गर्नु पर्छ भन्ने मेरो माग हो । फरक फरक विचार धारणासाथ चुनावी मैदानमा होमिएता पनि पछि मिल्नुबाहेक अर्काे विकल्प हुँदैन । त्यसैले को सक्षम छ, कसले आम उद्योगी व्यवसायीका हकहित र सुरक्षाका सवालमा काम गर्न सक्छ भन्ने कुराको निक्र्यौल गर्ने बेला यही हो । यस विषयमा मतदाताहरु सचेत एवम् जागरुक भएर लाग्नु अति आवश्यक पनि छ ।

तपाई गीत संगीत क्षेत्रमा पनि त्यतिकै रुचि राख्नु हुन्छ रे हो ?

अवश्य पनि मैले विभिन्न ठाउँबाट पुरुस्कार जित्न पनि सफल भए । एकल गीत प्रतियोगिता २०६७ नेपालगन्जबाट प्रथम पुरस्कार, सामुदायिक गीत प्रतियोगिता २०६७ बाट द्वितीय पुरस्कार, तीज नृत्य प्रतियोगिता २०६८ नागरिक समाजबाट द्वितीय पुरस्कारलगायत रहेका छन् ।

अन्त्यमा, धेरै महिला बेरोजगार छन् ? नेपालगन्ज वरपरकै क्षेत्रमा पनि जोखिमपूर्ण काम÷धन्दाहरु गर्न बाध्य रहेको सुनिन्छ, अब संघमा विजय भएमा तपार्इंको भूमिका के हुन्छ ?

महिला दया र शक्तिका खानी हुन् । घर हाम्रो पहिलो पाठशाला हो । राम्रो शिक्षादिक्षा, सहयोग, सर्मथन पाएको खण्डमा कोही पनि महिलाले जोखिमपूर्ण काम÷धन्दाहरु गर्नु पर्दैन । महिला एकता हुन जरूरी पनि छ । इमानदारिता, विश्वास, पवित्रता भएर रहन सकियो भने समान्य एक कप चिया बेचेरै भए पनि आत्र्मनिर्भर बन्न सकिन्छ । यस्ता थुपै्र उदाहरण पनि छन् । अब रह्यो मेरो भूमिका संघमा विजयी भए केही गर्ने वा नभए नगर्ने भन्ने त्यस्तो कुनै कुरा छैन । जुनसुकै बेला जुन सुकै महिलालाई आवाश्यक परेको सल्लाह सुझाव र सहयोग सर्मथन गर्न तत्पर छु । पैसाले इज्यत आउदैन, इज्यातले पैसा आउँछ । अरुको देखासिखीमा नलागौ, आफ्नो क्षमता अनुसार काम गरौ, कसरी हुन्छ आत्मर्निभर बन्न सिकौं ।

Womui
Womui