प्रजातान्त्रिक समुहको मतदाता भेटघाट जारी

44

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ ४–

प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले मतदाता भेटघाट जारी राखेको छ । सो समुहका अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारी नेतृत्वको समूहले शनिबार बिहान गणेशमान चोकका मतदातालाई भेटेर मत लिएको छ । घरदैलोका क्रममा अघिकांश मतदाताले सकारात्मक प्रक्रिया दिदै आफ्नो टिमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै अधिकारीले खुशी व्यक्त गरे । उनले भने, ‘सबैतिरबाट राम्रो समर्थन पाइरहेका छौं, यसले निर्वाचनको परिणाम कता जान्छ प्रष्ट भइसकेको छ, मतदाता भेटघाट गर्दा आफ्नो प्यानलका तर्फबाट जारी गरिएको घोषणा पत्रमा सबै कुरा समेटिएकाले पनि हामीलाई मतदाताको समर्थन बढ्ने क्रम जारी छ ।’ शनिबार नै उम्मेदवारले गुरुद्धारामा पनि मतदाता भेटघाट गरे ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको प्रचारमा हिडेका महिलाहरु ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको प्रचारमा हिडेका महिलाहरु ।

यस्तै प्रजातान्त्रिक समुहलाई विजयी गराउनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने बाँकेका शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् । शिक्षकसँग भएको भेटघाट तथा अन्तरक्रियामा प्रजातान्त्रिक समूहका उमेदवार लगायत सहभागी भएका थिए । ‘अहिले सम्म बजारको चुनावी माहोल हाम्रो पक्षमा छ, उद्योग उपाध्यक्ष पदका उम्मेदवार प्रदिपकुमार गुप्ताले भने ‘हाम्रो जीत निश्चित छ, निर्वाचन प्रक्रिया मात्रै पुरा गर्नुपर्ने देखिन्छ ।’ भेटघाटका क्रममा मतदाताले उद्योग वाणिज्य संघ प्रति थुप्रै गुनासो राखेको भन्दै आफ्नो प्यानल निर्वाचित भएपछि सम्पुर्ण गुनासो सम्बोधन गरिने वाणिज्यतर्फका उपाध्यक्ष अमित बस्नेतले बताए । ‘अधिकांस मतदाताले राख्नु भएको गुनासा जायज छन, हाम्रो टिम निर्वाचित भइसकेपछि गुनासा सम्बोधनलाई पहिलो प्राथमिकता दिनेछौं ।’

यसैबीच प्रजातान्त्रिक समूहका उम्मेदवारलाई विजयी गराएरै छाड्ने दृढताका साथ घरदैलो अभियानमा सक्रिय रहेका महिला उद्यमी तथा महिला नेतृहरुले शनिवार पनि घरदैलोलाई निरन्तरता दिए । नेपालगन्जको चर्को गर्मीको कुनै प्रवाह नै नगरेर उनीहरुले न्यूरोड क्षेत्र, घरवारी टोल लगायत क्षेत्रमा घरदैलो गरेका हुन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी महिला संघ, नेपाल साँस्कृतिक संघ, नेपाल महिला संघमा आवद्व महिलाहरु दैनिकजसो घरदैलोमै व्यस्त हुन्छन् । उनीहरुले गोपालप्रसाद अधिकारीको प्यानल बाहेक अन्यले जित्ने सम्भावना कम रहेको भन्दै आफ्नो मत अन्यत्र खेरा नफाल्न मतदाताहरुलाई आग्रह गर्दै आएका छन् ।

Womui
Womui