समावेशी समुह मतदातासँग सामुहिक भेटघाटमा

147

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ ४-
नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका सन्दर्भमा समावेशी समुहले मतदातासँग सामुहिक रुपमा छलफल गरेको छ । शनिबार बिहान बसपार्कका व्यवसायीसँग आगामी निर्वाचनको बारेमा उम्मेदवारले छलफल गरेका हुन् । दिउँसो नै अध्यक्षका उम्मेदवार नन्दलाल बैश्यको नेत्तृवमा गएको उम्मेदवार सहितको टोलीले खजुरा क्षेत्रका व्यवसायीसँग पनि सामुहिक रुपमा छलफल गरेको बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

Samabesi Panal

सो क्रममा मतदाताले समावेशी प्यानललाई मतदान गर्ने प्रतिवद्धता जनाएको उनले बताए । ‘समावेशी प्यानलले उठाएका व्यवसायका मुद्धालाई मतदताले मन पराउनु भएको छ,’ त्यसैले हामी जितको नजिक छौ,’ उनले भने । यस्तै बेलुकी पख त्रिभुवन चोकका व्यवसायीसँग पनि टोलीले भेटघाट गरेको थियो । समावेशी प्यानलले उपाध्यक्ष (उद्योग) तर्फ अब्दुल वाहिद मन्सुरी चुन्ना र उपाध्यक्ष (वाणिज्य) मा दुर्गाप्रसाद भण्डारीलाई अगाडी सारेको छ ।

यस्तै सदस्यमा ताराकुमारी खत्री रोकाय, आदेशकुमार अग्रवाल, श्यामसुन्दर अधिकारी, अब्दुल वाहिद अन्सारी (बब्लु), बिजय भण्डारी (बासु), अजयकुमार टण्डन, नीरज गौतम, चिरन्जीबी ओली, हरिलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्यलाई उम्मेदवार बनाएको छ ।

Womui
Womui