डुडुवा खोलामा डुबेर मृत्यु

57

कोहलपुर, भदौ ३–
कोहलपुरस्थित डुडुवा खोलामा शुक्रबार एक जनाको शव फेला परेको छ । पानीमा डुबेको अवस्थामा सर्लाही घर भई पुप्प कन्स्ट्रक्सन प्रालीमा कार्यरत निरज ढकालको शव फेला परेको हो । सिक्टा नहरको काम गरिरहेको पप्पु कन्स्ट्रक्सनमा कार्यरत सहायक सुपरभााइजर ढकाल खोला तर्ने क्रममा पानीमा खसेको अनुमान गरिएपनि प्रहरीले घटनाको अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आफन्त टाढाबाट आउने समय लाग्ने भएकाले शव पोष्ट मार्टमका लागि लगिएको छैन । ३० वर्षीय ढकाल राती गाउँमा नाँच हेर्न गई फर्किने क्रममा खोलामा खसेको अनुमान गरिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चटारमा रहेको झोलुंगे पुल बाढीले बगाएका कारण पुलको चुडिएको चुल्ठी समातेर खोला तर्न बाध्य भएको स्थानीय बताउँछन् । पुल चुडेपछि यसअघि पनि यस्त घटनाहरु हुँदै आएको स्थानीयको भनाई छ ।

Womui
Womui