वैदेशिक रोजगार कानुन सम्वन्धी अभिमुखीकरण

35

नेपालगन्ज, भदौं ३–
वैदेशिक रोजगार कानुन सम्वन्धी सञ्चारकर्मीलाई अभिमुखीकरण गरिएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)को आयोजनामा बाँकेमा क्रियाशिल पत्रकारलाई शुक्रबार अभिमुखीकरण गरिएको हो । वैदेशिक रोजगारीमा हुने ठगी, वैदेशिक रोजगारीले पु¥याएको सफलता लगायतका विषयलाई सञ्चार माध्यमले उठान गर्न सके विधमान बेथिती कम हुने सरोकारवालाको भनाई छ ।

यसका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने उनीहरुको भनाई छ । सो अवसरमा बोल्दै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चार माध्यमले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा प्रभावकारी भुमिका निभाउन सक्ने बतनाउ । सो अवसरमा महासंघका अध्यक्ष विष्ट सहित जनमंचका सल्लाहकार सोम लुइँटेल र पत्रकार रुद्र खड्काले छुट्टा–छुट्टै विषयमा प्रस्तुतीकरण गरेका थिए ।

Womui
Womui