मोटरसाइकल चोरीमा संलग्न एक भारतीयसहित ७ पक्राउ

103

नेपालगन्ज, भदौ ३- 
पछिल्लो समयमा नेपालगन्ज उपमहानगरपालिका आसपासका क्षेत्रका मोटरसाइकल चोरहरु पक्राउ परेका छन् । चोरीमा संलग्न एक भारतीय सहित ६ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुको नाम, ठेगाना भने प्रहरीले सार्वनजनिक गरेको छैन ।

प्रहरीले नेपालगन्ज–१३ बस्ने वेदराज के.सीको भे २ प २०८६ नम्वरको होण्डसाईन, फत्तेपुर–१ बस्ने मुख्तियार साईको भारतीय नम्वरको सुपरस्पेलेन्डर, नेपालगन्ज–१६ बस्ने अप्ताप खानको भे २ प ५७३४ नम्वरको पल्सर र एक धनीको पहिचान नखुलेको यामाह मोटरसाईकल प्रहरीले ती चोरहरुबाट बरामद गरेको जनाएको छ । चोरीका घटनाहरु बढ्दै गएको सुचना आउन थाले पश्चात जिल्ला प्रहरी कार्यालयबाट त्यस प्रकारमा घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउ गर्नको लागी प्रहरी निरिक्षकको कमाण्डमा विशेष प्रहरी टोली परिचालन गरिएको बताइएको छ । मोटरसाईकल चोरहरु विरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui