प्रजातान्त्रिक समुहको प्रतिवद्धता पत्र सार्वजनिक

201

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ २–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले बिहीबार आफ्नो संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सो समुहले एक समारोहका बीच प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुनीलकुमार शर्मा, महासंघका पुर्व केन्द्रिय सदस्य अच्युत प्रसाई, वरिष्ठ उद्योगी चम्पालाल बोथरा र सतिशकुमार अग्रवालले प्रतिवद्धता पत्र सार्वजनिक गरे ।

Prajatantrik Samuha-Ghosana Patra

सो समुहले व्यावसायिक हक अधिकारको संरक्षण, सम्वद्र्धन र सम्मान गर्ने, व्यावसायिक प्रतिष्ठानहरुको संस्थागत विकास र आवश्यक सुधार गर्ने, व्यावसायिक सुदृढिकरणको लागि आवश्यक नीति सुधार गर्न पहल गर्ने, उद्योग वाणिज्य संघलाई सामाजिक उत्तरदायित्वको बोध गराउने, व्यावसायीहरुलाई सशक्त एवं सुदृढ गराउनको लागि पेशागत तथा विषयगत संघ संस्थाहरु बीच आपसी सहकार्य गरी अगाडी बढाउने प्रतिवद्धता उल्लेख गरेको छ । यस्तै सुचना र संचार पारदर्शिताको आधार भन्ने नारा चरितार्थ गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकास र विस्तार गर्ने, नेपालगन्ज विश्वविद्यालय विधेयक पारित गराउन जोडदार पहल गरी विश्वविद्यालयको स्थापनाको लागि पहल गर्ने, एअरपोर्टको स्तर उन्नति गरी अन्र्तराष्ट्रिय आधुनिक विमानस्थल बनाउने तर्फ पहल गरी नेपालगन्जलाई गेट वे अफ कैलाश मानसरोवरको रुपमा विकास गरी, पर्यटन उद्योगलाई बढावा दिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी नेपालगन्जलाई स्पेशल इकोनोमिक जोन(सेज) स्थापनाको लागि नेपाल सरकारसँग पहल गर्ने, यथाशिघ्र सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई दवाव दिने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्दै शिक्षण अस्पतालको रुपमा विकास गर्न नेपाल सरकारसँग पहल गर्ने, नेपालगन्जलाई हालको ५ नम्बर संघीय प्रदेशको राजधानी बनाउन लविङ गर्ने प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले प्रतिवद्धतामा पत्रमा उल्लेख गरेको छ । कार्यक्रममा सम्पुर्ण उम्मेदवारको तर्फबाट बोल्दै अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारीले व्यवसायिक वातावरण सहज गराउनुका साथै संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले साना तथा ठुला सम्पुर्ण व्यवसायीलाई आइपर्ने राजश्व, बिमा, बैंक, वाणिज्य कार्यालय, उपमहानगरपालिका जस्ता संघ संस्थासँग सम्वन्धित सम्पुर्ण समस्यााई संघ मार्फत सञ्चालित हेल्प डेस्कद्धारा प्रभावकारी रुपमा समाधान गर्ने, जडिबुटीको झण्झटिलो प्रक्रियाका विषयमा भारतीय पक्षसँग नेपाल सरकारमार्फत कुटनीतिक पहल गर्न लगाई वार्ताको माध्यमबाट समस्याको समाधान गर्न पहल गर्ने लगायत अन्य प्रतिवद्धता पनि व्यक्त गरे ।

Womui
Womui