६१ उम्मेदवारको नामावली प्रकाशन

86

नेपालगन्ज, भदौ २–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि निर्वाचन कार्यालयले आफ्नो तयारी तिव्र पारेको छ । कार्यालयले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ । निर्वाचन प्रमुख एवम् वरिष्ठ अधिवक्ता भोलासिंह हमालले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गरिएको जानकारी दिए । ‘उम्मेदवारको नामावली प्रकाशन गरिसकेपछि दावी विरोधको समय तोकिन्छ, त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिन्छ,’ उनले भने ।

Gopal-Kapil-Nanda Lal Ummedawar

संघको अध्यक्ष, उपाध्यक्ष र सदस्य गरी कुल ६१ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरुले बुधबार तामझामका साथ उम्मेदवारी दर्ता गराएका थिए । संघको निर्वाचन यही भदौ ११ गते हुदैछ । उक्त निर्वाचनका लागि बुधबार अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि कुल ६१ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा तीन, उपाध्यक्ष (वाणिज्य र उद्योग) मा तीन÷तीन, एशोसियट सदस्यमा ३ र वस्तुगत सदस्यमा ५ जना तथा सदस्य पदमा ४४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

Womui
Womui