समावेशी साझा समूहको घरदैलो अभियान तिव्र

98

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ २–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको समवेशी साझा समुहका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र पारेका छन् । घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भव्य स्वागत गरेका छन् । राँझा, कारकांदो, भुजईगाउँ लगायत क्षेत्रका मतदाताले आफ्नो समर्थन समावेशी साझा समुहलाई भएको भन्दै मत दिने बताएका हुन् । भेटका क्रममा मतदाताले लामो समयदेखि सक्रिय रहेका समावेशी साझा समुहका उम्मेदवारलाई मत दिने वचन दिएको एक उम्मेदवारले बताए ।

Samabesi Sajha Samuha pic

उक्त क्षेत्रको भेटघाटले आफुहरु उत्साहित भएको अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीको भनाई छ । बिहीबार कारकांदो, मनिकापुर, भुजईगाउ लगायतको क्षेत्रमा भेटघाट गरेको थियो । यसैबीच कपिलप्रसाद अधिकारी नेतृत्वको समावेशी साझा समूहलाई बाँके बाहेकको अन्य जिल्लाका उद्योग ब्यापार संघका अध्यक्षले नैतिक समर्थन र शुभकामना ब्यक्त गरेका छन् । तुलसीपुर उद्योग ब्यापार संघका अध्यक्ष बिमल रिजाल, रुपन्देही उद्योग बाणिज्य संघका अध्यक्ष दिनेशराज रेग्मीले शुभकामना र नैतिक समर्थन गरेको समावेशी साझा समुह निर्वाचन प्रचार प्रसार समितिले प्रेसित गरेको नोटमा उल्लेख छ ।

Womui
Womui