नेपालगन्जको मिठाईमा अखाद्य बस्तु

215

नेपालगन्ज, भदौ १–
नेपालगन्जका मिठाईमा अखाद्य बस्तु फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मिठाइ पसलमा संयुक्त अनुगमन गर्दा अखाद्य बस्तु फेला परेको हो । उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत मोहन हमाल, सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत नेतृत्वको टोलीले अनुगमन गरेर केही मिठाइको नमुना लिई खाद्य प्रयोगशालामा परिक्षण गरेपछि यस्तो रहस्य बाहिर आएको हो । नेपालगन्जस्थित धम्बोझीका ४ वटा मिठाई पसलमा राखिएको खुवा र मिठाईमा अखाद्य बस्तु (स्टार्च) भेटिएको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

123 sweet

स्टार्च आलु, मैदा र चामलमा पाईने एक प्रकारको कार्वोहाइडेट हो । जुन वस्तु खोवा र मिठाईमा मिलाइनु पर्ने आवश्यकता नै पर्दैन । सोही टोलीले अखाद्य मिसाइएको खोवा÷मिठाई शान्ति स्वीट होमबाट २० केजी खोवा, माँ बागेश्वरी मिठाई पसलबाट १५ केजी, एभरेष्ट मिष्ठान भण्डारबाट ३ केजी बर्फी र नेपालगञ्ज मिष्ठान भण्डारबाट ६ केजी बर्फी बरामद गरि नष्ट गरेको छ ।

खोवामा स्टार्च प्रयोग हुनु मानव स्वास्थ्यमाथि गम्भिर लापरबाही भएको अनुगमनमा संलग्न क्षेत्रीय खाद्य प्रविधी गुण तथा नियनत्रण कार्यालयका खाद्य निरिक्षक पूर्णप्रसाद पौडेलले बताए । अखाद्य बस्तु मिसाउने व्यापारीलाई कानुनी कारबाही गर्नुको साटो अनुगमन टोलीले उन्मुक्ती दिएको छ । आयन्दा अखाद्य बस्तु मिसाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएर छाडिएको हो ।

Womui
Womui