सबनम परबिनलाई बास ब्राईटल्याण्ड युवा पुरस्कार

103

नेपालगन्ज, भदौ १–
बास ब्राईटल्याण्ड युवा पुरस्कार २०१६ अधिकारकर्मी सबनम परबिनलाई प्रदान गरिएको छ । मुस्लिम परिवारमा जन्मिएर मुस्लिम समुदायको उत्थान तथा युवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउदै आएकी परबिनलाई बुधबार एक भव्य समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । अन्तराष्ट्रिय युवा दिवस २०१६ का अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवम् म्याराथुन धावक बैकुण्ठ मानन्धर, ब्राईटल्याण्ड स्कुल नेपालगन्जका प्रिन्सिपल विजय लामा लगायत अतिथीले सम्मानपत्र, ट्रफी तथा नगद सहित सम्मान गरेका हुन् ।

Puraskar

बासका कार्यकारी निर्देशक नमस्कार शाहले परबिनको नाम घोषणा गरे सँगै कार्यक्रममा सहभागी १ सय ५० बढीले ताली बजाएर सम्मान गरेका थिए । पुरस्कार ग्रहणपछि मन्तव्य दिदै परबिनले एक दशकदेखि निरन्तर सामाजिक अभियानमा लाग्दा पहिलो पटक यति ठुलो सम्मान पाएको भन्दै उत्साहित भएको बताईन् । मुस्लिम समुदायमा छोरीलाई पढाउनु हुदैन भन्ने अन्धविश्वास अझै पनि कायम रहेको भन्दै आफु त्यसका विरुद्ध क्रियाशिल रहेको बताईन् । म्याराथुन धावक मानन्धरले झण्डै ४५ मिनेट कार्यक्रममा सहभागीका बीच उत्प्रेरणा मन्तब्य राखेका थिए । धेरैको आकर्षणको रुपमा रहेका मानन्धरले आफ्नो विगतको सम्झना मन्तब्य मार्फत ब्यक्त गर्दा उनको संघर्षलाई सहभागीले तालीले सम्मान गरेका थिए ।

Womui
Womui