तामझामका साथ उम्मेदवारी दर्ता

197

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ १–
आगामी भदौ ११ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि बुधबार तामझामका साथ उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा कुल ६१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन प्रमुख भोलासिंह हमालका अनुसार अध्यक्ष पदमा तीन, उपाध्यक्ष (वाणिज्य र उद्योग) मा तीन÷तीन, एशोसियट सदस्यमा ३ र वस्तुगत सदस्यमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी १२ जना कार्यसमिति सदस्य पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये आठ जनाले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ । निर्वाचन कार्यालयले बिहीबार उम्मेदवारको नामावली प्रकाशित गर्नेछ ।

Samabesi Sajha Samuha

मधेसी मोर्चालाई साथमा लिएर चुनावी मैदानमा उत्रिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले अध्यक्ष पदमा गोपालप्रसाद अधिकारी, उपाध्यक्ष (उद्योग) मा प्रदिपकुमार गुप्ता, उपाध्यक्ष (वाणिज्य) मा अमितकुमार बस्नेत तथा सदस्यमा हरिषचन्द्र श्रेष्ठ, धु्रबप्रसाद दहाल, सालिकराम सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोबर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टण्डन, फरीदुल हक, सफिक बेहना, सुनिल सिंघल र सुरेन्द्र गुप्ता (बैश्य) को उम्मेदवारी दर्ता गराएको छ ।

Samabesi Samuha

यसैगरी समावेशी साझा समूहले अध्यक्ष पदमा कपिलप्रसाद अधिकारी, उपाध्यक्ष (उद्योग) मा रचना श्रेष्ठ र उपाध्यक्ष (बाणिज्य)मा तनवीर जमाल हलवाई र सदस्यमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेक कुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दिरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्यको उम्मेदवारी दर्ता गराएको छ ।

Prajatantrik Samuha

यस्तै समावेश समुहले अध्यक्षमा नन्दलाल बैश्य, उपाध्यक्ष (उद्योग) मा अब्दल वाहिद मन्सुरी, उपाध्यक्ष (बाणिज्य) मा दुर्गाप्रसाद भण्डारी तथा सदस्यमा तारा खत्री रोकाय, आदेशकुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), विजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीबी ओली, हरिलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्यको उम्मेदवारी दर्ता गराएको छ ।

Womui
Womui