तीस लाख रुपैयाँको प्रलोभनमा राणामाथि खुकुरी प्रहार

44
अनिल केसी
काठमाडौ, भदौ १-
२ दिन अगाडि रोज राणामाथि बानेश्वरमा खुकुरी प्रहार गरेकाे अरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ३० लाख रुपैयाँ  लिएर गुन्डानाइके रोज राणामाथि आक्रमण गर्ने २ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । भक्तपुर सिद्धपोखरीमा घर भएका  नयाँबजार बस्ने मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरिएको डिएसपी रमेश थापाले जानकारी दिए।  राणाले गुन्डागर्दीबाट आएको पैसा अाफूखुसी लिने गरेको र आफूहरुलाई नदिने गरेकाले आक्रमण गरेको  पक्राउ परेका आक्रमणकारीले  बयान दिएका छन् ।
Samabesi Sajha Samuhaराणामाथि आक्रमण गर्न लगाउने मुख्य योजनाकार जोधा भन्ने रत्नबहादुर लामा फरार रहेका छन् । लामाले राणालाई आक्रमण गर्ने योजना बनाई आफ्नो समूहका विवेचन प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएका थिए । लगत्तै तीन हप्ता पहिले भारतबाट  जोधा भन्ने व्यक्तिले नेपाल आई विवेचनको घरमा गई राणालाई आक्रमण गरी अङ्ग भङ्ग तुल्याउन थप ३० हजार दिएको अनुसन्धानमा खुलेको डिएसपी थापाले बताए । डिएसपी थापाका अनुसार काम सकिए लगत्तै ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन आक्रमणकारीलाई दिइएको थियो । योजनाबमोजिम विवेचनले ३१ गते बिहान सूर्य लामा र विवेचन बागबजार, दरबारमार्ग, नक्साल हुँदै राणालाई पिछा गरेका थिए। त्यतिबेला आक्रमण गर्न नसकेपछि आक्रमणकारीले साँझ करिब ६ः४५ मा बानेश्वरको सेन्टर क्याफे अगाडि विवेचनले राणालाई एक्कासी खुकुरीले प्रहार गरेको डिएसपी थापाले बताए ।
Womui
Womui