बंगलादेशी उच्चस्तरीय सैन्य टोली नेपाल आइपुग्यो

41

काठमाडौं, भदौ १–

बंगलादेशको उच्चस्तरीय सैन्य टोली सोमबार नेपाल भ्रमणका लागि अाएको छ । आगामी आइतबार स्वदेश फर्किने बंगलादेशी सैन्य टोलीले मंगलबार प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्तामा दुईपक्षीय अापसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालय जनायो ।  नेसनल डिफेन्स कलेजका एयर भाइस मार्सल एम स्यानुल हकको नेतृत्वमा आएको २२ सदस्यीय भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र दक्षिण एसियाली सहयाेग संगठनका महासचिवसँग भेट्ने छन् । नेपाल बसाइँका क्रममा भ्रमण टोलीले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेज, नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर र जोमसोसस्थित सैनिक उच्च शिखर शिक्षालयको समेत भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

Womui
Womui