नेपालमै पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठनपाठन हुने

233
सुर्खेत, भदौ १-
MPB-surkhet
नेपालमै पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतले  पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको हो ।
 विश्वविद्यालयका अनुसार भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । विश्वविद्यालयद्वारा मंगललबार आयोजित पत्रकारसम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले नेपालमा हाइड्रोपावरको प्रचूर सम्भावना भए पनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले प्राविधिक जनशक्तिको अभाव रहँदै आएकालै पढाइ सुरु गर्न लागिएको बताए । विक्रम संवत् २०६७ मा स्थापना भएको विश्वविद्यालयबाट मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा र इन्जिनियरिङको पढाइ हुँदै आएकोमा अब हाइड्रोपावर इन्जिनियरिङतर्फ स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको छ ।
Womui
Womui