चट्याङ लागेर एक भारतीयको मृत्यु

64
झापा, भदौं १-
झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 दिउँसो करिब १:३० बजेको समयमा पानीसँगै परेको चट्याङले घाइते भएका मियाँलाई उपचारमा लैजानेक्रममा मृत्यु भएको बताइएको छ। रासस

Womui
Womui