प्रजातान्त्रिक समुहलाई जैसपुर, जमुनाहा क्षेत्रमा भव्य स्वागत

66

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन ३२–

मधेसी र मुस्लिम समुदायबाट उम्मेदवारको प्रतिनिधीत्व गराएर नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह घरदैलोमा पुग्दा सिमावर्ती जैसपुर, जमुनाहा क्षेत्रका व्यापारीले भव्य रुपले स्वागत तथा सत्कार गरेका छन् । प्रजातान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार गोपालप्रसाद अधिकारीको नेतृत्वमा उद्योग उपाध्यक्ष प्रदिपकुमार गुप्ता, वाणिज्यतर्फका उपाध्यक्ष सहित उक्त प्यानलका सदस्यका उम्मेदवारले घरदैलो गरेका थिए । निर्वाचनका लागि मधेसी मोर्चासँग कार्यगत एकता गरेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवार घरदैलोमा पुग्दा अधिकांस व्यापारीले गोपाल अधिकारी प्यानलले नै उद्योग वाणिज्य संघलाई हाँक्न सक्ने भन्दै आफ्नो अमुल्य भोट अन्यत्र खेरा नफाल्ने प्रतिवद्धता जनाएका थिए ।

Democrate Teem

चुनावी दौडमा रहेका अरु दुई वटा प्यानल भन्दा प्रजातान्त्रिक समुहमा रहेका अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु अनुभवी, शिक्षित र क्षमतावान रहेको त्यहाँका व्यापारीले बताए । सो क्रममा मतदाताका गुनासा सुन्दै अध्यक्ष पदका उम्मेदवार गोपाल अधिकारीले आफ्नो प्यानलको जित सुनिश्चित भइसकेको भन्दै निर्वाचन प्रक्रिया मात्रै पुरा गर्न मतदाताको अमुल्य भोटको आवश्यक रहेको बताए । ‘हाम्रो प्यानललाई सबै धर्म, समुदायका अग्रज उद्योगी, व्यापारी र मतदाताको पुर्ण रुपमा साथ रहेको छ, त्यसकारण चुनाव जित्ने आधार बलियो हुदै गइरहेको छ,’ अधिकारीले भने ‘प्राविधिक रुपले चुनावमा मात्रै भाग लिन बाँकी छ, यसका लागि तपाई मतदाता ज्यूहरुको भोट अमुल्य रहन्छ ।’

आफ्नो प्यानलमा सबै समुदायको समान प्रतिनिधीत्व भएका कारण उद्योग वाणिज्य संघलाई हाँक्न सक्ने उपाध्यक्ष पदका उम्मेदवारद्धय प्रदिपकुमार गुप्ता र अमित बस्नेतले बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको टोलीले मंगलबार नै नेपालगन्जको खजुरा रोड क्षेत्रमा आएर घरदैलो गरेको छ । खजुरा रोडका प्रतिष्ठित व्यवसायी पुनमचन्द तातेड, बुद्धिराम बर्मा लगायत व्यापारीले प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहलाई अग्रिम बधाई तथा शुभकामना दिएका थिए । घरदैलो अभियानका क्रममा अहिले सम्म मतदाताको साथ र समर्थन उत्साहजनक रहेको सदस्य पदका उम्मेदवार हरिषचन्द्र श्रेष्ठले बताए । यसैबीच प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहलाई जिताउन घरदैलो अभियान थालेका महिला उद्यमीको समुहले मंगलबार नेपालगन्जका विभिन्न ठाउँमा मतदातालाई भेटेका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको जित सुनिश्चित भइसकेको भन्दै भोट हाल्न आग्रह गरे । महिला उद्यमीहरु दुई समुहमा बाँडिएर नेपालगन्जको त्रिभुवन चोक, टांगा स्टेशन लगायत क्षेत्रमा प्रचार–प्रसार गरेका थिए ।

Womui
Womui