नेविसंघको निर्वाचन बुधबार हुने

53

काठमाडौं, साउन ३२–
नेपाल विद्यार्थी सघको ११औँ महाधिवेशन अन्तर्गत बुधबार निर्वाचन हुने भएको छ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघको ११ औं महाधिवेशन पटक–पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो । यसपटक पनि महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बियो । एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो । महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो ।

संघको केन्द्रीय समिति प्रादेशिक संरचना अनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ । संघको निर्वाचन राम लक्ष्मण दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ । निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुईरतीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताए । निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ ।

Womui
Womui