बैतडीमा पनि बस खस्यो, पाँचको मृत्यु

56

बैतडी, साउन ३१–
सुदुरपश्चिमको बैतडीमा सोमबार दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस दिउँसो ३ बजे तिरजयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी छ । प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

Womui
Womui