काभ्रेमा बस दुर्घटना हुदाँ मर्नेको संख्या ३१ पुग्यो

122

काभ्रे, साउन ३१–
काभ्रेमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । सो दुर्घटनामा करिब ३५ जना घाइते छन् । घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ । काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो । कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

Bus Accident

प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो । बसले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८५ जना यात्रु रहेको प्रहरीले जनाएको छ । अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो । घटनास्थलबाट कात्तिके देउराली गाविसका सब इन्जिनियर नरेश कार्कीले बताए अनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ । करिब ४० जना घाइतेलाई बसभित्रबाट बाहिर निकालिएको उनले जानकारी दिए ।

Womui
Womui