नेविसंघ कार्यकर्ता झडपमा प्रहरी घाइते

33

काठमाडौं, साउन ३०–
नेविसंघ महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर रामचन्द्र पौडेल समूहले बखेडा झिकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । नेविसंघ कार्यकर्ताको आक्रमणबाट एक प्रहरी घाइते भएका छन् । फर्जी प्रतिनिधि बनाइएको भन्दै पौडेल समूहका नेविसंघ कार्यकर्ता नाराबाजी गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रण गर्ने प्रयास गरेको थियो । सो क्रममा झडप हुँदा एक प्रहरी घाइते भएका छन् । पौडेल समूहले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै महाधिवेशनको निर्वाचन रद्द गर्न माग गर्दै आज बिहान महाधिवेशनमा सहभागी नहुने बताएको थियो ।

नेविसंघको ११ औं महाधिवेशन साउन २३ गते भृकुटीमण्डपमा सुरु भएको थियो । ‘एउटा समूहका साथीहरु प्रदर्शनमा उत्रनु भएको हो,’ नेविसंघ नेता सुशील भट्टले भने, ‘अहिले स्थिति साम्य हुँदै गएको छ । उहाँहरुले पनि प्रतिनिधि कार्ड बुझिरहनु भएको छ ।’ शनिबार राति महाधिवेशन निर्देशक समितिले प्रतिनिधी सूची सार्वजनिक गर्दै निर्वाचनमा जाने बताएको थियो । झन्डै ३४ सय महाधिवेशन प्रतिनिधि रहेने गरी गत मंगलबार सहमति जनाएअनुसार समितिले सूची सार्वजनिक गरेको थियो ।

Womui
Womui