माओवादीका पाँच मन्त्रीले शपथ लिए

54

काठमाडौं, साउन ३०–
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आइतबार आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (संघीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) ले मन्त्री पदको शपथ लिएका हुन् ।

kfFr dGqLåf/f ;ky /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{nodf cfOtaf/ cfof]lht ;df/f]xdf hgfb{g zdf{ -phf{_, lxt/fh kf08] -;ª3Lo dfldnf tyf :yfgLo ljsf;_, ;'/]Gb| sfsL{ -;"rgf tyf ;~rf/_, chozªs/ gfos -sfg'g, Gofo tyf ;+;bLo dfldnf_ / wgL/fd kf}8]n -ljgf ljefuLo_nfO{ dGqL kb tyf uf]kgLotfsf] ;ky u/fpFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित थिए । प्रधानमन्त्री दाहालले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चारजना राज्यमन्त्रीलाई शपथ खुवाएका छन् । श्रीप्रसाद जवेगु (संघीय मामिला तथा स्थानीय विकास), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) र धनमाया विक (विना विभागीय) ले शपथ लिएका हुन् ।

Womui
Womui