सेप्टी ट्याङकी सफा गर्दा दुईको मृत्यु

87

कुसुम बि.क
बर्दिया, साउन ३०–
शौचालयको सेप्टी ट्याङकी निमार्ण गरी सेटिङ मिलाई सामाग्री निकाल्दा २ जनाको ज्यान गएको छ । गुलरिया नगर पालिका वडा नम्वर ८ स्थित बिष्णु सुनारको घर पछाडी रहेको शौचालयको ट्याङकी नयाँ निमार्ण गरी सेटिङ सामान निकाल्दा बेहोस भएका बर्दिया धधवार गाविस वडा नम्वर ८ विजयनगरका ४१ बर्षिय गणेश थारु र सोही गाविसका ३९ वर्षिय चुकेन्दर थारु काम गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएका दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारको लागि ल्याएको र दुवै ज्यानको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

Womui
Womui