निर्वाचन प्रक्रिया अघि नबढाए आन्दोलनःपन्त

27

पोखरा, साउन ३०-

नेकपा एमालेले वर्तमान सरकारले स्थानीय निकायको निर्वाचन प्रक्रिया अघि नबढाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका नेता रघुजी पन्तले आफ्नो पार्टी नेतृत्वको सरकारले मंसिरमै निर्वाचन गर्ने योजना सार्वजनिक गरेको भन्दै त्यसलाई चैतमा सार्नुमै शंका गर्ने ठाउँ उत्पन्न गरेको भन्दै त्यसो भए पार्टीले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । चैतमा निर्वाचन गर्ने नगर्ने भन्ने कुरा दशैं अगाडिसम्मको सरकारको कामले बताउँछ। नगर्ने नियत रहेको एमालेले ठहर गरे आन्दोलनमा उत्रने उनको भनाइ थियो ।

 

Womui
Womui