समावेशी साझा प्यानलद्वारा महिलालाई प्राथमिकता

36

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन २९–
नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्वाचमा अध्यक्ष पदका उम्मेदवार कपिल प्रसाद अधिकारी नेतृत्वको समावेशी, साझा समूहले महिला उद्योगी, व्यवसायीलाई नेतृत्वमा पु¥याउन उच्च प्राथमिकता दिएको छ । उद्योग, व्यवसायका क्षेत्रमा महिलाहरु क्रियाशिल भए पनि उद्योग बाणिज्य संघ जस्ता महत्वपूर्ण पदमा महिलालाई पुग्न नदिएको गुनासो बढिरहेका बेला नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा उक्त प्यानलले महिलालाई उच्च प्राथमिकता दिएको हो । अधिकारी नेतृत्वको समावेशी तथा साझा प्यानलको उद्योग तर्फको उपाध्यक्ष पदमा रचना श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

Mahila Ummedawar

लामो समय ब्यापार ब्यवसायमा सक्रिय रहेकी र संघमा बर्तमान उपमहासचिव रहेकी श्रेष्ठ संघमा उपाध्यक्षको उम्मेदवार हुने पहिलो महिला बन्न पुगेकी छन् । ‘मेरो प्यानलले महिलालाई ठुलो अवसर प्रदान गरेको छ । सबैको साथ सहयोग हुनेमा ढुक्क छु ।’ श्रेष्ठले भनिन्, ‘महिला भनेर मात्र होइन काममा रहेको क्रियाशिलतालाई मेरो प्यानलले सम्मान गरेको हो ।’ उद्योग, ब्यवसायका क्षेत्रमा धेरै महिलाहरु सक्रिय रहेको र उनीहरुलाई नेतृत्वदायी भुमिका दिनुपर्ने उनले बताइन । तर आफु महिला भनेर मात्र ब्यवसाय र निर्बाचनमा संलग्न नभएको बताईन । उनले भनिन, ‘ब्यवसायीक हकहितका सवालमा महिला पुरुष मात्र भनेर हुदैन, सबै एकजुट हुनुपर्छ ।’ समाबेशी तथा साझा प्यानलबाट सदस्य पदमा नेपालगन्जमा रहेका लामो समय ब्यवसायीक हकहितका लागी काम गर्दै आएकी उषा भण्डारी, मन्दिरा पाण्डे, मालती शर्मा (सुबेदी) सदस्य पदकी उम्मेदावर रहेकी छन् ।

मालती शर्मा सुबेदी नेपालगन्जका चर्चित युवा ब्यवसायी स्वर्गीत अच्युत सुबेदीकी धर्मपत्नी हुन् । श्रीमानको निधनपछि सम्पूर्ण ब्यवसायीक कारोबार मालतीले नै सम्हाल्दै आएकी छन् । उपाध्यक्ष उम्मेदावर रहेकी श्रेष्ठ र सदस्य पदकी उम्मेदवारभण्डारी, पाण्डे स्वयं आफै ब्यवसाय संचालन गर्दै आएका छन् । उनीहरु सबैले आफुहरुलाई सबैले मत दिएर संघको महत्वपूर्ण पदमा पु¥याउने अपेक्षा गरेका छन् । समाबेशी तथा साझा प्यानलले अध्यक्षमा अधिकारी, उपाध्यक्ष बाणिज्य तर्फ तनविर जमाल हलवाई, अर्को उपाध्यक्षमा स्वयं श्रेष्ठलाई प्रतिस्पर्धी बनाउदैछ । यस्तै सदस्यहरुमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेक कुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दीरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्य रहेका छन् । अध्यक्ष पदमा उम्मेदवार कपिल प्रसाद अधिकारीले आफ्नो प्यानलले नाम जस्तै समाबेशी र साझा उम्मेदवार प्रतिस्पर्धामा उतारेको बताएका छन् । ‘मुस्लिम, मधेसी, महिला सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवारी घोषणा गरेका छौं ,’ अधिकारीले भने ।

Womui
Womui