प्रजातान्त्रिक प्यानल गाउँका मतदाता भेटघाटमा व्यस्त

52

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन २९–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनले ग्रामिण क्षेत्रका मतदातालाई पनि छोएको छ । निर्वाचनको प्रचार–प्रसारका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाको संयुक्त प्यानलले शनिबार दिनभर बाँकेको सितापुर, खजुरा, उढरापुर, बनकटवामा घरदैलो गरेको थियो । सो क्रममा त्यहाँका मतदाताहरु उत्साहित हुदै उम्मेदवारसँगै प्रचार–प्रसारमा हिडेका थिए । खजुरा क्षेत्रका प्रतिष्ठित व्यवसायी शिवराज श्रेष्ठले प्रजातान्त्रिक उद्योगी व्यवसायी र मधेसी मोर्चाका उम्मेदवारलाई घरदैलोमा स्वागत गर्न पाउँदा एकदमै गर्व लागेको बताए ।

सितापुरमा शनिबार प्रजातान्त्रिक प्यानलले गरेको घरदैलोमा सहभागी उम्मेदवार ।
सितापुरमा शनिबार प्रजातान्त्रिक प्यानलले गरेको घरदैलोमा सहभागी उम्मेदवार ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिक आइरहेका कारण खजुरा क्षेत्रका उद्योगी, व्यवसायीमा पनि चासो जागेको उनले बताए । ‘उद्योग वाणिज्य संघको निर्वाचनका लागि विभिन्न प्यानल भएपनि गोपाल अधिकारीको नेतृत्वमा बनेको प्यानलमा जुझारु र सशक्त उम्मेदवार रहेको पाइयो, भोलीका दिनमा उद्योग वाणिज्य संघलाई अगाडी बढाउन यो टिम सक्षम छ,’ उनले भने । प्रजातान्त्रिक र मधेसी मोर्चाको संयुक्त प्यानलको नेतृत्व अध्यक्षका उम्मेदवार गोपालप्रसाद अधिकारीले नै गरेका थिए ।

उक्त प्यानललाई सितापुर, उढरापुर, खजुरा र बनकटवाका व्यवसायीले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले विजयी भएपछि व्यवसायीको हक हितमा केन्द्रित हुन सुझाव पनि दिएका छन् । सीतापुर–३ के गाउँका किराना व्यवसयी यमबहादुर खत्रीले प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाको टोली ग्रामिण क्षेत्रका व्यवसायीको पिरमर्का बुझ्न गाउँमै आएकोमा खुसी व्यक्त गरे । ‘हामी जस्ता सामान्य व्यवसायीको हकहितमा नेतृत्व केन्द्रीत हुनु होला, तपाईहरुको टिमलाई शुभकामना छ,’ उनले भने । त्यसक्रममा अध्यक्ष पदका उम्मेदवार अधिकारीले उद्योगी, व्यवसायीको हकहित र समस्या सम्वोधनका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी बाहेक अर्को कुनै विकल्प नभएको बताए ।

खजुरा, सितापुर उढरापुर र बनकटवा क्षेत्रका अधिकांस मतदाताको माया पाएको उनले बताए । बाणिज्यतर्फको उपाध्यक्षमा अमित बस्नेत र उद्योग तर्फका उपाध्यक्षमा प्रदिप गुप्तालाई अघि सारेर चुनावी घरदैलोमा व्यस्त भएको प्रजातान्त्रिक उद्योगी व्यवसायीले धु्रबप्रसाद दहाल, हरिषचन्द्र श्रेष्ठ, शालिक सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोवर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टण्डन, फरीदुल हक, सफिक वेहना, सुनिल सिंघल र दुर्गेश गुप्तालाई सदस्य पदमा मैदानमा उतारेको छ । गोपाल अधिकारी नेतृत्वको प्यानललाई नेपालगन्जका वरिष्ठ उद्योगी व्यवसायीको पुर्ण समर्थन रहेको छ ।

सितापुरमा शनिबार प्रजातान्त्रिक प्यानलले गरेको घरदैलोमा सहभागी उम्मेदवार ।
सितापुरमा शनिबार प्रजातान्त्रिक प्यानलले गरेको घरदैलोमा सहभागी उम्मेदवार ।
Womui
Womui