समावेशी प्यानलको उम्मेदवारी घोषणा

108

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन २९–
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनलाई लक्षित गरेर समावेशी प्यानलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेको छ । आगामी भदौ ११ गते संघको निर्वाचन हुदैछ । नेपालगन्जमा शनिबार एक समारोहका बीच नन्दलाल बैश्य नेतृत्वको उक्त प्यानलले उम्मेदवारी घोषणा गरेको हो । उक्त प्यानलमा उद्योगतर्फ अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्यतर्फ दुर्गा प्रसाद भण्डारी उपाध्यक्ष पदको उम्मेदवार भएका छन् ।

 घोषणा कार्यक्रममा समावेशी प्यानलका उम्मेदवार ।

घोषणा कार्यक्रममा समावेशी प्यानलका उम्मेदवार ।

यसैगरी सदस्य तर्फको उम्मेदवारमा आदेशकुमार अग्रवाल, तारा खत्री (रोकाय), श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), बिजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीवी ओली, हरिलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्य रहेका छन् । घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार बैश्यले आफु विगत लामो समयदेखी व्यापारी, ब्यवसायीको हतहितका लागि लड्दै आएको बताए । सोही कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दामोदर आचार्य लगायतले विजयी हुन उम्मेदवारलाई शुभकामना दिएका थिए । कार्यक्रममा समावेशी प्यानलको घोषणा पत्र समेत सार्वजनिक गरिएको थियो ।

Womui
Womui