संविधानमा फूलस्टप पनि संशोधन हुँदैन -उपाध्यक्ष गौतम

57

पोखरा, साउन २९-

bamdev gautamसंविधान पूर्णरुपमा कार्यान्वयन नभएसम्म संविधान संशोधन विरुद्ध एमाले उत्रने नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले संविधान संशोधनका लागि लबिङ चलिरहेको बताउँदै संविधानमा उल्लिखित फुलस्टप पनि संशोधन गर्न नदिने बताएका हुन् ।

उपाध्यक्ष गौतमले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी दलबीच भएको संविधान संशोधनको सहमति प्रति लक्षित गर्दै संविधानले निर्धारण गरेका ७ प्रदेशमा कुनै पनि प्रदेशको एक इन्च जमिन दायाँ बायाँ गर्न नदिने बताउँदै देशलाई टुक्राउन र विखण्डन गर्ने गरी प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताए।

उपाध्यक्ष गौतमले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन आवश्यक रहेको धारणा राख्दै अबको ५/७ वर्षमा कार्यकारी राष्ट्रपतीय शासन सुरु हुने दाबी गरे ।

Womui
Womui