संसदीय व्यवस्था अन्त्य गर्न बामदेवको प्रस्ताव

67
काठमाडौं, साउन २८-

bamdev gautamमुलुकमा सरकार स्थायित्वका लागि संसदीय व्यवस्था अन्त्य गर्नु पर्ने एमाले उपाध्यक्ष बामदेव गौतमले जोड दिएका छन् । अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय कार्यशालाको शुभारम्भ गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिलाई स्थापित गर्नुपर्ने बताए।

अखिल नेपाल किसान महासङ्घका अध्यक्षसमेत रहेका गौतमले विभिन्न जातजातिका नाममा देशमा विभाजन ल्याउने खतरा बढेको बताउँदै आफ्नो पार्टीले त्यस्तो षडयन्त्र विरुद्ध दृढताका साथ प्रतिवाद गर्ने प्रष्ट पार्दै विगतमा धेरै पटक सरकार ढलेको स्मरण गराउँदै उनले सरकारले ल्याएका योजना तथा बजेटलाई कार्यान्वयन गर्न नसकिएकाले राजनीतिक अस्तव्यस्तता बढेकोमा चिन्ता व्यक्त गरे।

Womui
Womui