प्रजातान्त्रिक र मधेसी मोर्चाको संयुक्त प्यानल घोषणा

133

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन २८–
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाका साझा प्यानलले शुक्रबार आफ्नो उम्मेदवार सार्वजनिक गरेको छ । नेपालगन्जमा शुक्रबार अपरान्ह एक भव्य समारोहका बीच अध्यक्षका उम्मेदवार गोपालप्रसाद अधिकारी, उद्योग तर्फका उपाध्यक्ष प्रदिपकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष अमित बस्नेतको नाम घोषणा गरिएको हो । यस्तै सदस्यको उम्मेदवार तर्फ हरिशचन्द्र श्रेष्ठ, रोहित टण्डन, शंकरकुमार थापा, धु्रबप्रसाद दहाल, तपेन्द्र विक्रम शाह, टेकबहादुर खड्का, शालिकराम सुवेदी, मोहम्मद सफिक बेहना, सरोवर प्रसाई, सुनील सिंघल, दुर्गेश गुप्ता र मोहम्मद फरिदुल हकको नाम घोषणा गरिएको छ ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाका साझा उम्मेदवार ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाका साझा उम्मेदवार ।

उम्मेदवार घोषणा कार्यक्रममा नेपालगन्जका प्रतिष्ठिन व्यक्ति, उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । सो अवसरमा उम्मेदवारलाई शुभकामना दिदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुनील शर्माले प्रजातान्त्रिक र मधेसी मोर्चाको संयुक्त प्यानल निकै सशक्त र जुझारु रहेको बताए । ‘यो प्यानलमा लामो समयदेखि उद्योग व्यवसाय क्षेत्रमा क्रियाशिल र योग्य उम्मेदवार हुनुहुन्छ, त्यसकारण यो टिमलाई विजयी गराउन सम्पुर्ण उद्योगी व्यवसायी मित्रलाई म यसै मञ्चबाट अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

DSC08008

यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले प्रजातान्त्रिक र मधेसी मोर्चाको टिम राम्रो भएको बताउँदै सफल हुन अग्रिम बधाई तथा शुभकामना दिए । ‘अन्य दुई वटा टिमसँग प्रतिस्पर्धा गरेर जित्नुस्, तपाईहरुलाई अग्रिम शुभकामना छ,’ उनले भने । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र मधेसी मोर्चाका साझा उम्मेदवार गोपाल प्रसाद अधिकारीले आफ्नो प्यानललाई आफ्नो अमुल्य मत दिएर जिताउन सम्पुर्ण व्यवसायी र उद्योगीलाई आग्रह गरे । ‘हामीलाई नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा ल्याउने दायित्व तपाईहरुको नै हो,’ उनले भने । आफु निर्वाचित भएपछि उद्योगी व्यवसायीको हक हितमा रातदिन काम गर्ने प्रतिवद्धता जनाए ।

DSC07996

सो अवसरमा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाई, वरिष्ठ उद्योगी पशुपति दयाल मिश्र, चम्फालाल गोत्र, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, जडीबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारी, इट्टा व्यवसायी संघका अध्यक्ष प्रकश शाह, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनोडिया लगायतले उम्मेदवारलाई शुभकामना दिए ।

Womui
Womui