अख्तियार आसपासका क्षेत्रमा प्रदर्शन गर्न नपाइने

56

काठमाडौं, साउन २८-

जिल्ला प्रशासन कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासका क्षेत्रमा शुक्रबारदेखि लागू हुने गरी प्रदर्शन गर्न रोक लगाएको छ ।  पूर्वमा विशालनगर र हाँडीगाउँ जाने चोक तथा गहना पोखरी, उत्तरमा गणेश मन्दिर नजिकको धारा, पश्चिममा गौह्रीधारा चोक र दक्षिणमा दुरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्मका क्षेत्रमाअख्तियारका साथै प्रहरी हेडक्वाटर र संवैधानिक निकायहरु रहेकाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

Womui
Womui