बस दुर्घटनामा २ को मृत्यु, ९ घाइते

44

धनगढी, साउन २८

दीपायलबाट धनगढी आउँदै गरेको शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको यात्रुवाहक बस सडकबाट करिब २ सय मिटर तल खसी गए राति १ बजे  सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा दुर्घटना भएको छ । दुर्घटनामा २ को मृत्यु हुनुका साथै  ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा डोटी वासुदेवी गाविसका योगेन्द्र बिक र  ठेगाना खुल्न नसकेका सिवि लुहार रहेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । त्यस्तै घाइतेमध्ये सातको अत्तरियास्थित पदमा अस्पताममा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका  बसका चालक २८ वर्षीय शेरबहादुर कडायत र ३५ वर्षीय महाविर कडायतलाई थप उपचारको लागि भारतको बरेली रेफर गरिएको
छ ।

Womui
Womui