प्रजातान्त्रिक प्यानलको उम्मेदवारी घोषणा हुदै

42

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन २८-
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागी नेपाली काँग्रेस र मधेसी मोर्चा निकट संयुक्त प्यानलले आज (शुक्रबार) सम्पुर्ण उम्मेदवारको नाम घोषणा गर्ने भएको छ । उक्त प्यानलले दुई उपाध्यक्ष सहित १२ जना सदस्यको नाम सार्वजनिक गर्नेछ । यद्यपी उक्त प्यानलले उपाध्यक्षतर्फ (उद्योग) मा प्रदिपकुमार गुप्ता र (वाणिज्य) मा अमित बस्नेतको नाम तय गरेर घरदैलो अभियान सुरु गरिसकेको छ ।

Demo

नेपालगन्जको न्यूरोडस्थित होटल कलपतरुमा अपरान्ह ४ बजे उम्मेदवारको नाम घोषणा गर्ने कार्यक्रम राखिएको प्रचार–प्रसार मुल समितिका संयोजक पुरुषोतम शर्माले जानकारी दिएका छन् । यसअघि हिजो मात्र एमाले निकट समावेशी, साझा प्यानलले उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ । समावेशी प्यानलका अर्का उम्मेदवार नन्दलाल बैश्यकाको समुहले भोली शनिबार घोषणा गर्ने तयारी गरेको छ ।

Womui
Womui