निधि भारत, महरालाई चीन पठाइने

42

काठमाडौं, साउन २८-
सरकारले दुई उपप्रधानमन्त्री एकलाई भारत र अर्कालाई चीन पठाउने भएको छ । मन्त्रिपरिषद बैठकले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो । दुबै उपप्रधानमन्त्री प्रधानमन्त्रीको विशेष प्रतिनिधका रुपमा जानेछन् । पछिल्लो समय चीनसँग नजिकिएको र भारतसँगको सम्बन्ध खटपट रहेको गुनासो व्याप्त रहेका बखत दुबै देशसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्न यस भ्रमणले महत्वपूर्ण सहयोग राख्ने अपेक्षा गरिएको छ । दुबै उपप्रधानमन्त्री कहिले भ्रमणमा जाने भनी मिति खुलाइएको छैन ।

Nidhi and Mahara

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदमा विशेष प्रतिनिधि दुई देश पठाउने प्रस्ताव गरेका थिए । सरकारका प्रवक्ता समेत रहेका महराले आफूहरू चाँडै नै चीन र भारत भ्रमण जाने जानकारी दिए । केपी ओली नेतृत्वको सरकार रहँदा भारतसँग कटुतापूर्ण सम्बन्ध रहँदै आएको र चीनसँग नेपाल नजिकिएको विश्लेषण छ ।

दुई उपप्रधानमन्त्रीको भ्रमणमा ती राष्ट्रका कार्यकारी प्रमुखलाई नेपाल भ्रमणका लागि निम्तो दिइने बताइएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारी गर्न र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्ता दिनका लागि आफू प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत जाने बताए ।

Womui
Womui