‘दलालीले कालो कोट बदनाम’

55

काठमाडौं, साउन २८-
प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएका कारण कानुन व्यवसायी पेसा नै बदनाम हुन पुगेको बताएका छन् । कार्कीले कतिपय कानुन व्यवसायीहरु मुद्दा लडेका सेवाग्राहीलाई खरानी बनाएर सबै सम्पत्ति लिन उद्यत रहेको भनाई सेमत राखिन् । नेपाल कानुन व्यवयासी परिषदको वार्षिकोत्सवमा बिहीबार कार्कीले कानुन व्यवसायीप्रति यस्तो असन्तुष्टि राखेकी हुन् ।

Sushila Karki

कार्यक्रममा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुली, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, बार अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ अधिवक्ता, कानुनका प्राध्यापक, कर्मचारी एवं अन्य लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत सहभागी थिए । ‘कानुन व्यवसायी भएर यस्तो कार्य गर्नु निष्ठामाथिको विचलन हो,’ उनले भनिन् । मुद्दा लडेका व्यक्तिलाई सक्षम बनाउनुको साटो सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तजस्तो बनाउने उनले बताइन् । कतिपय कानुन व्यवसायीले कालो कोटको आवरणमा ग्गा दलालसँग मिलोमतो गर्दै गैरकानुनी रुपमा पैसा आर्जन गरेको तिक्ततासमेत उनले पोखिन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।

Womui
Womui