‘जुझारु र सक्षम नेतृत्वको अपेक्षा’

117

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन- २०७३

नेपालगन्ज, साउन २७–
नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व जुझारु र सक्षम आउनेमा यहाँका उद्योगी व्यवसायीले अपेक्षा गरेका छन् । उद्योग वाणिज्य संघमा रहेर व्यवसायीको हक हितको पक्षमा बोल्न सक्ने कुसल नेतृत्वको क्षमता गोपालप्रसाद अधिकारीसँग मात्र रहेको मतदाताको भनाई छ । विगतमा संघको नेतृत्व सम्हालेका व्यक्तिले उद्योगी, व्यवसायीका पक्षमा गर्न नसकेका अधुरा काम पुरा गर्न सक्ने क्षमता गोपालप्रसाद अधिकारीसँग मात्र रहेको अधिकांस मतदाताले जोड दिएका छन् ।

मतदातासँग भोट माग्दै गोपाल अधिकारीको संयुक्त प्यालन ।
मतदातासँग भोट माग्दै गोपाल अधिकारीको संयुक्त प्यालन ।

उद्योग वाणिज्य संघमा वर्तमान कार्यसमिति सदस्यमा सक्रिय भूमिका निभाउनुका साथै सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको नेतृत्व सम्हालेर महत्वपुर्ण कामहरु गरिसकेकाले अधिकारीमा संघको नेतृत्व हाँक्न सक्ने क्षमता रहेको मतदाता बताउँछन् । ‘गोपाल अधिकारीमा नेतृत्व गर्ने क्षमता कति छ भन्ने कुराको पुष्टी सामुदायिक सेवा केन्द्रमा उहाँले गरेको योगदानबाट नै थाहा हुन्छ,’ एक व्यवसायीले भने ‘सामान्य कोठाबाट सञ्चालित सामुदायिक प्रहरी सेवा केन्द्रका लागि उहाँकै अग्रसरतामा सुविधा सम्पन्न भवन निर्माण भयो ।’ विभिन्न सामाजिक संघ, संस्थामा अधिकारीले गरेको काम देखेर नै उद्योग वाणिज्य संघका मतदाता यतिखेरको चुनाव उनकै प्यानलले जित्नेमा विश्वस्त देखिन्छन् ।

मतदातासँग भोट माग्दै  ।
मतदातासँग भोट माग्दै ।

नेपालगन्ज कारकाँदोका व्यवसायी पुस्कल नेपालले नेपालगन्ज उद्योग वाणिज्य संघमा व्यवसायीको हक हितमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताए । ‘व्यवसाय गर्न सिकाउने नेतृत्व आउनुपर्छ,’ उनले भने ‘त्यस्तो व्यक्तिको छनोट गर्ने अधिकार व्यवसायीलाई अहिले छ ।’ अध्यक्ष पदका उम्मेदवार अधिकारीले घरदैलोमा जादाँ मतदाताले स्वागत र सत्कार गर्ने गरेको बताए । यसपटक आफ्नो प्यानल उद्योग वाणिज्य संघमा विजयी भएमा व्यवसायीको हक हितका साथै क्षमता विकास लगायत कुरामा विशेष ध्यान केन्द्रित गर्ने बताएका छन् । अधिकारीको नेतृत्वमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके र मधेसी मोर्चाको साझा प्यानलका उम्मेदवारहरु घरदैलोमा पुग्दा ठाउँ–ठाउँमा स्वागत र सत्कार गर्ने गरेका छन् ।

घरदैलोमा पुग्ने गरेका अध्यक्षका उम्मेदवार गोपाल अधिकारी, उपाध्यक्ष पदका उम्मेदवार द्धय प्रदिपकुमार गुप्ता र अमित बस्नेत तथा सदस्य पदका अन्य उम्मेदवारहरु मतदाताको स्वागत र सत्कार पाउँदा निकै उत्साहित छन् । ‘मतदाताको सुझावहरु धेरै नै आएका छन, धेरै जसो मतदाता ज्यूहरु हाम्रो प्यानल निर्वाचित होस् भन्नेमा आसावादी हुनुहुन्छ,’ उपाध्यक्ष पदका उम्मेदवार प्रदिपकुमार गुप्ताले भने । चारदिन देखि घरदैलो अभियानमा निस्केको उक्त प्यानलले अहिले सम्म सदरलाईन, पुष्पलाल चोक, कारकाँदो, घरवारी टोल, बागेश्वरी टोल, उद्योग वाणिज्य संघ टोल लगायत स्थानमा घरदैलो गरिसकेको उपाध्यक्ष पदका उम्मेदवार अमित बस्नेतले जानकारी दिए । उक्त प्यानलले शुक्रबार दुई उपाध्यक्ष सहित १२ जना सदस्यका उम्मेदवारको नामावली सार्वजनिक गर्दैछ । न्यूरोडस्थित होटल कलपतरुमा अपरान्ह ४ बजे उम्मेदवारको नाम घोषणा गर्ने कार्यक्रम राखिएको प्रचार–प्रसार मुल समितिका संयोजक पुरुषोतम शर्माले जानकारी दिएका छन् ।

Womui
Womui