पुरस्कार छनोट समिति गठन

108

नेपालगन्ज, साउन २५–
सडक दुर्घटनामा निधन भएका भजनराम चौधरीले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै स्थापित भजन मानव अधिकार पुरस्कार छनोटका लागि ३ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ । भजनराम चौधरी स्मृति अक्षय कोषको सोमबार इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जमा बसेको बैठकले अक्षय कोषका कोषाध्यक्ष बसन्त गौतमको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको अक्षय कोषका उपाध्यक्ष गोपालनाथ योगी जानकारी दिए ।

उनका अनुसार पुरस्कार छनोट समितिको सदस्यमा मैमुना सिद्धिकी र प्रभातकुमार ठकुरी रहेका छन् । मध्य र सुदूरपश्चिम क्षेत्रका मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा उच्च योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार छनौट समिति मार्फत गरिएको सिफारिसलाई मध्यनजर राख्दै कार्य समितिले पुरस्कृत गर्ने व्यक्तिको छनौट गर्ने पुरस्कार छनोट समितिका सदस्य प्रभात कुमार ठकुरीले बताए । स्वर्गिय चौधरी इन्सेकमा करिव डेढ दशक कार्यरत रहेका थिए ।

भजनराम चौधरी स्मृति अक्षय कोषको नामबाट प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन प्रदान गरिदै आएको भजन मानव अधिकार पुरस्कारको राशी २५ हजार रुपियाँ रहेको छ । यसअघि बर्दियाकी मङ्गला देवी श्रेष्ठ र बाँकेकी सावित्री बर्मालाई उक्त पुरस्कार प्रदान गरिएको भजनराम चौधरी स्मृति अक्षय कोषले जनाएको छ ।

Womui
Womui