सरकार विवादले भाँडियो राप्रपा एकता

44

काठमाडौं, साउन २५–
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकता अन्तिम समयमा आएर भाँडिएको छ । दुबै दलबीच मंगलबार एकता हुने तय भएको थियो । सरकारमा सहभागिताको विषयलाई लिएर दुवै दलबीच विवाद भएपछि एकीकरण भाँडिएको हो। राप्रपामा यो विषयले विवादको रूप लिएको छ ।

पूर्वप्रधानमत्री लोकेन्द्रबहादुर चन्द, महामन्त्री बुद्धिमान तामाङ सहितका नेताले एक साताभित्र पार्टी एकीकरणलाई अन्तिम रूप दिन दबाबका लागि हस्ताक्षर सुरु गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार बिहानै राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालाई सरकार वा पार्टी एकतामध्ये एक छान्न आग्रह गरेका थिए ।

Womui
Womui