प्रधानमन्त्री दाहालले दिए सचिवलाई २८ बुँदे निर्देशन

93

काठमाडौं, साउन २३–
प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई २८ बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आइतबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बोलाएर सचिवलाई २८ बुँदे निर्देशन दिएका हुन् । उनले नतिजा देखिने गरी काम गर्न, प्रशासनमा सुधार गर्न तथा विकास निर्माणका काममा भइरहेका ढिलासुस्ती अन्त्य गर्न सचिवहरुलाई निर्देशन दिएका हुन् ।

PM Dahal

प्रधानमन्त्री दाहालले नियम, कानून र योजना बनाउने तर त्यसको प्रभावकारी कार्यान्वयनमा चासो नदिने प्रशासनिक परिपाटीका कारण आमजनताले सरकारी सेवालाई सकारात्मक रुपमा लिने नगरेको भन्दै यसतर्फ सचिवहरुको ध्यान जानुपर्ने बताए । उनले सरकारी निकायबाट हुने सेवा प्रवाहमा आम जनताले परिवर्तनको महसुश गर्न पाउनुपर्ने भन्दै यसमा सचिवहरुले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नयाँ ऐन कानून भएन भनेर बहानाबाजी गर्नुभन्दा पनि भइरहेकै ऐन कानूनको कार्यान्वयन गरेर सेवा प्रवाहमा सुधार गर्न सचिवहरुलाई निर्देशन दिएको बैठकमा सहभागी उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

Womui
Womui