नौ वर्षपछि नेपाल विद्यार्थी संघको महाधिवेशन

158

काठमाडौं, साउन २३–
नेपाल विद्यार्थी संको ११ औँ महाधिवेशन नौ वर्षपछि आइतबार राजधानीमा सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । अनसन र विवादकाबीच नेपाली कांग्रेसको विद्यार्थी संगठनको चुनाबी महाधिवेशन सुरु भएको हो । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघको यो महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने छ ।

NC Student

नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) को एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा विद्यार्थी नेतारकार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन् । महाधिवेशनमा मुलुकभरका करिव तीन हजार ४ सय प्रतिनिधि सहभागी भएको संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उद्घाट्न समारोहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा संघका पूर्व अध्यक्षहरु, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु शुभकामना दिएका थिए ।

nsu2

महाधिवशेनको उद्घाटन भइसक्दा पनि केही जिल्लामा प्रतिनिधि छनोट विवाद कायमै छ । सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलाउने कार्य अन्तिम चरणमा छ ।

Womui
Womui