महादेवपुरीमा अर्को सडक दुर्घटना

70

कोहलपुर, साउन २३–
बाँकेको महादेवपुरी गाविस वडा नम्वर ७ मा आइतबार भएको सडक दुर्घटनामा १४ जना घाइते भएका छन् । पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख २५५१ नम्वरको बसले बाटो काट्दै गरेको भे १ त ५८१६ नम्वरको ट्याक्टरलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परी बस र ट्याक्टरमा सवार यात्रु मध्ये १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते सबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

Womui
Womui