राजधानीमा आफ्नै छातीमा गोली हानी आत्महत्या

56

काठमाडौं, साउन २३–
राजधानीको कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैँले गोली हानेर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन् । कालिमाटी धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचनले आफ्नै छातीमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह प्रहरीले ढोका भित्रबाट बन्द रहेको अवस्थामा बाथरुमबाट शेरचनको शब बरामद गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी हेमकुमार थापाले बताए । घरमै रहेको अनुमति प्राप्त हतियार समेत बाथरुममा फेला परेको उनको भनाई छ ।

Womui
Womui