प्रधानमन्त्री दाहाल बालुवाटारमा

42

काठमाडौं, साउन २१–
प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आएका दाहाल प्रधानमन्त्रीमा निर्वा्चित भएपछि अपराह्न ४ बजे सरकारी निवास सरेका हुन् । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले स्वागत गरेका थिए ।

Prachanda PM Baluwatar

प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यका रुपमा रहने बताए । यस्तै प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

Womui
Womui