चिनियाँ राजदूतद्वारा अध्यक्ष ओलीसँग भेट

38

भक्तपुर, साउन २१ –

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत ऊ चुन्ताईले ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्वीपक्षीय दीर्घकालीन हितका विषयमा महत्वपूर्ण सम्झौता भएको भन्दै कार्यान्वयन हुने विश्वास राजदूतले व्यक्त गरेका छन् । उनले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालको विकासमा चिनियाँ लगानी र सहयोगलाई द्वीपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणाम आइरहेको समेत राजदूतले बताए। करिब एक घण्टा भएको वार्तामा नेपालको विकासमा चीन सधंै सहयोगी रहने समेत राजदूतले बताए।

KP OLi

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारवहन तथा यातायातलगायत ऐतिहासिक सम्झौता भएकोमा सन्तोष लागेको भन्दै तिनले नेपालको विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपालको विकासमा दुबै छिमेकी चीन र भारतलाई उतिकै महत्वकासाथ सहभागी हुन आग्रह गरिएको र सन्तुलनका आधारमा वैदेशिक सम्बन्ध अघि बढाएको बताए। चीनसँगका सम्झौता र समझदारी नेपालको हितमा रहेको भन्दै त्यसलाई कुनै देश लक्षित रुपमा बुझ्नु नहुने ओलीले बताए।

Womui
Womui