नेपाल–भारत संयुक्त सुरक्षा गस्ती

367

नेपालगन्ज, साउन २०–
नेपाल–भारत संयुक्त सुरक्षा गस्ती गरिएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल र भारतीय सिमा सुरक्षा बलले आपसी सम्वन्ध मजबुत बनाउने उद्देश्यले संयुक्त गस्ती सुरु गरेका छन् सशस्त्र प्रहरी बल बिओपी कालाबञ्जर, हिरमिनिया र भारतिय सशस्त्र सीमा बल हेड क्वार्टर मुन्सीपुर्वाले बिहीबार दशगजा क्षेत्रमा संयुक्त गस्ती गरेका हुन् ।

Joint Patroling

बिओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्ट र एसएसबी मुन्सीपुर्वाका सब–इन्स्पेक्टर सुवाश चन्द्रको नेतृत्वमा १५/१५ जनाको टोलीले पिलर नम्बर २३ देखि २९ नम्बर पिलरसम्म संयुक्त गस्ती गरेका थिए । हेलिया–५ खडैँचास्थित पिलर नम्बर १९ देखि जमुनाहाको पिलर नम्बर ३० सम्म रेखदेखको जिम्मेवारी पाएको बिओपी कालाबञ्जरले प्रत्येक महिनाको १, १० र २० गते भारतिय एसएसबीसँग संयुक्त गस्ती गर्ने गरेको सशस्त्र प्रहरी निरीक्षक भट्टले बताए ।

जम्मा ६८ वटा पिलरको सुरक्षा गर्दै आएको बिओपी कालाबञ्जरले संयुक्त गस्तीबाट सहकार्यका साथै आपसी सम्बन्ध प्रगाढ हुने उनको विश्वास छ । महिनामा तीन पटक मात्र संयुक्त गस्ती गरिएपनि आवश्यकता अनुसार थप गर्न सकिने भट्टले बताए । ज्वाइन्ट पेट्रोलिङबाट सिमा अतिक्रमण, तस्करी र आपराधिक गतिविधि नियन्त्रण हुनुका साथै दुई देश बीचको सबन्ध मजबुत हुनेमा जोड दिए ।

Womui
Womui