पौडी खेल्ने क्रममा डुबेर मृत्यु

26

नेपालगन्ज, साउन २०–
पौडी खेल्ने क्रममा तलाउमा डुबेर नेपालगन्जमा एक युवकको मृत्यु भएको छ । डुबेर बेपत्ता भएका नेपालगन्ज उपमहानगरपालिका– २४ निवासी १७ बर्षिय सफिक अन्सारीको शव २४ घण्टापछी फेला परेको छ । बुधबार नेपालगन्ज–२४ बाबाकुटीस्थित तलाउमा अन्सारीको शव फेला परेको हो । बुधबार मध्यान्नतिर डुबेर बेपत्ता भएका अन्सारीको शव झण्डै २४ घण्टापछी सशस्त्र प्रहरी बल बागेश्वरी गणबाट खटिएका गोताखोरको टोलीले फेला पारेको हो ।

सशस्त्र प्रहरी बल बागेश्वरी गण सम्शेरगन्जका सशस्त्र प्रहरी नायव निरिक्षक रुद्र बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले अन्सारीको शव फेला पारेको थियो । बुधबारदेखि नै आफुहरु सँग भएका श्रोत र साधन परिचालन गरि झण्डै २४ घण्टापछी शव फेला पार्न सफल भएको सशस्त्र प्रहरी नायव निरिक्षक कार्कीले बताए । अन्सारीको शव खोज्नका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दिनभर प्रयास गरेपनि फेला परेको थिएन ।

Womui
Womui