प्रधानमन्त्री दाहालका योजना के छन् ?

43

काठमाडौं, साउन २०–
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेसँगै ४ वटा निर्देशन जारी गरेका छन् । सिंहदरबारमा पदभार ग्रहण गरेपछि प्रचण्डले सबैभन्दा पहिलो प्राथमिकतामा ‘गरिबका लागि सरकार’ नामको अभियानको निर्णय गरेका छन् । यो अभियान अन्तर्गत पहिचानको क्रममा रहेको गरिब घरपरिवारहरुको पहिचान कार्य सम्पन गरि उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरेर आयआर्जन, शिक्षा, स्वास्थ्य, बिमा तथा तालिम र प्रविधी हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकिकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन हुनेछन् ।

Prachanda PM Sapath

दास्रो नम्बरमा भूकम्प प्रभावित परिवारलाई आगामी ४५ दिनभित्र पहिलो किस्ताको अनुदान उपलब्ध गराउने रहेको छ । यस्तै तेस्रो र चौथौ नम्बरका निर्णयमा क्रमशः चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिना भित्र चिकित्सक पठाई सक्ने तथा त्यो भन्दा माथिल्लो स्तरका सरकारी अस्पतालहरुले एकै छाता भित्र सबै सुविधा दिने नीति अन्तर्गत गुणस्तरीय औषधी उपलब्ध गराउन र नेपाल भरका दलित र कर्णालीका नवाजात शिशुको जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साह स्वरुप रु १ हजार दिने निर्णय भएको छ । प्रधानमन्त्री दाहालले पदभार सम्हाल्ने क्रममा संचारकर्मीसँग कुरा गर्दै जनताको पक्षमा र देशको पक्षमा धेरै काम गर्ने मनस्थिति बनाएको बताए । उनले पहिलो पटक प्रधानमन्त्री हुँदा आफू अपरिपक्व रहेको तर पछिल्लो दश बर्षमा धेरै ज्ञान पाएको बताए । उनले पुराना दोष अब हट्ने बताए ।

Womui
Womui