प्रेस युनियनसँग समन्वय गर्ने प्रतिवद्धता

41

नेपालगन्ज, साउन २०–
नेपाली काँग्रेस बाँकेले नेपाल प्रेस युनियन सम्वद्ध पत्रकारसँग अन्तरक्रिया गरेको छ । काँग्रेस कार्यालयमा उपस्थित पत्रकारले पार्टी र प्रेस युनियनबीच समन्वय हुनुपर्नेमा जोड दिए । समन्वय नहुँदा नेपाली काँग्रेसका गतिविधी सञ्चार माध्यमका पर्याप्त मात्रामा आउन नसकेको उनीहरुको भनाई थियो ।

Press Union- Congresh Banke

सो अवसरमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, उपसभापति सुनिलनरसिंह राणा, सचिव एवम् प्रचार संयोजक कपिलदेव शर्मा, जिल्ला सदस्य एवम् पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम, शुक्रऋषि चौलागाई, पत्रकार तुला अधिकारी, नविन गिरी लगायतले बोलेका थिए ।

पत्रकारसँग अन्तरक्रिया गर्दै सभापति कोईरालाले आगामी दिनमा प्रेस युनियनसँग संस्थागत रुपमा समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाईन् । ‘यसअघि पार्टी र प्रेस युनियनबीच के कति समन्वय हुन सक्यो वा सकेन, त्यतातिर नजाउ, अबदेखि युनियनसँग समन्वय गरेर हामी अगाडी बढ्छौं,’ उनले भनिन् ।

Womui
Womui