बाढीले दर्जन बिद्यालयमा थलिए

129

नेपालगन्ज, साउन २०–
बाढीले डुबाएको बिद्यालयको स्थिती देखेर रेखा बर्मालाई चिन्ताले पिरोलेको छ । गत मंगलबार राप्ती नदीमा आएको बाढीले डुबाएको बाँके, फत्तेपुर–१ खल्ला झगडियास्थित निम्न माध्यामिक बिद्यालय अहिले सम्म थलिएको छ । बिद्यालयभित्र जमेको हिलो सुकेको छैन । कक्षा ४ की छात्रा रेखाले भनिन, ‘स्कुलभित्र हिलो मात्रै जमेको छ, त्यहाँ बसेर कसरी पढ्ने होला ?’ छोराछोरीले पढ्ने स्कुल बाढीमा डुबेर अस्तव्यस्त भएपछि अभिभावकपनि चिन्तित भएका छन् ।

बाढीले डुबान गरेको बाँके, फत्तेपुरस्थित खल्ला झगडियामा रहेको निम्न माध्यामिक बिद्यालय ।
बाढीले डुबान गरेको बाँके, फत्तेपुरस्थित खल्ला झगडियामा रहेको निम्न माध्यामिक बिद्यालय ।

फत्तेपुर–६ देउपुर्वा निवासी सुरेन्द्र बर्माले बाढीले बिद्यालयमा क्षति पु¥याउँदा दुःख लागेको बताए । ‘बिद्यालयमा बाढी पसेर धेरै क्षति गरेको छ, हिलो जमेर दुर्गन्धित भएको छ, यस्तो बिद्यालयमा कसरी बच्चाहरु पढ्न सक्लान ?’ उनले भने । बाढीले फत्तेपुर, होलिया, बेतहनी, गंगापुर, मटेहिया, खासकुश्मा लगायत प्रभावित क्षेत्रका करिव एक दर्जन सामुदायिक बिद्यालय तथा मदरसामा क्षति गरेको सम्बन्धित श्रोत केन्द्रहरुले जनाएका छन् । बाढीले फत्तेपुर–१ खल्ला झगडियास्थित निम्न माध्यामिक बिद्यालय, वडा नम्बर ६ देउपुर्वामा रहेको ज्ञानोदय प्रावि, वडा नम्बर २ र ३ मा रहेको मदरसा मुस्ताकुल उलुममा भौतिक संरचना तथा शैक्षिक सामाग्रीमा क्षति पु¥याएको छ । यस्तै गंगापुर–१ र २ सोनवर्षा स्थित विपी प्रावि, वडा नम्वर ६ मा रहेको जयकिसान मावि भोजभगवानपुर तथा मटेहिया–१ र २ स्थित दिपेन्द्र प्रावि भगवानपुरमा बाढीले डुबान गरेको छ ।

भुवरभवानी उच्च माध्यामिक बिद्यालय स्रोत केन्द्रका स्रोत व्यक्ति त्रिलोकीनाथ मौर्यले अधिकांस शिक्षण संस्थामा बाढी पसेर कार्पेट, शैक्षिक सामाग्री भिजाउनुका साथै हिलो जमेर दुर्घन्धित भएको बताए । महेन्द्र उच्च मावि मटेहिया स्रोत केन्द्रको समेत जिम्मेवारी सम्हालेका उनले भने, ‘तिव्र कटानका कारण खल्ला झगडियाको निमावि फत्तेपुर र दिपेन्द्र प्रावि मटेहियाको दुरि राप्ती किनारबाट ५÷१० मिटरमा छ ।’ यसैगरी होलिया–२, ३ र ४ स्थित प्रावि चौफेरी, जनता निम्न माध्यामिक बिद्यालय पिप्रहवा तथा बेतहनी गाविसको प्रावि सन्तलिया र प्रावि शिवपुरी डुबानबाट प्रभावित भएको महाराजा मावि पुरैना स्रोतकेन्द्रका स्रोत व्यक्ति राम एकबाल मण्डलले जानकारी दिए । स्थानीय ढल्ले खोलाबाट आएको बाढीले खासकुश्मा–६ स्थित सति भवानी निम्न माध्यामिक बिद्यालयको भौतिक संरचनामा क्षति पु¥याएको व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त डाँगीले बताए ।

अधिकांस बिद्यालयले बाढी आउनु भन्दा अगावै बर्खे बिदा गरेकाले मानविय क्षति भने हुन पाएन । होलियास्थित प्रावि चौफेरीका प्रधानाध्यापक अब्दुल मुत्तलिप खाँले आगामी साउन २३ गतेबाट बिद्यालय खोल्नुपर्ने भएपनि गाउँ पुरै विस्थापित भएपछि अन्यौलता छाएको बताए । ‘बच्चाहरु सबै आफ्ना अभिभावकको साथमा अस्थायी शिविरमा गएका छन, बाढी पसेर बिद्यालय पनि अस्तव्यस्त भएको छ,’ उनले भने ‘कसरी बिद्यालय चलाउने हो, अन्यौलमा छु ।’ बाढी प्रभावित क्षेत्रका कयौं बिद्यार्थीको किताव, कापी भिजेका छन् । जिल्ला शिक्षा कार्यालय बाँकेले साउन ३० गते सम्म बाढीले क्षति पु¥याएका बिद्यालय र बिद्यार्थीको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले अधिकांस बिद्यालयले बर्खे बिदा गरेकाले क्षतिको बिवरण संकलन गर्न ढिलाई भएको बताए । ‘कुन स्कुलको कति क्षति भयो, बिद्यार्थीका कापी र किताव छन या छैनन, तथ्यांक संकलन गरिसकेपछि वितरण गर्छौ,’ जिशिअ साउदले भने ।

Womui
Womui