दुई पटक प्रधानमन्त्री हुने प्रचण्ड पहिलो कम्युनिस्ट

49

काठमाडौं, साउन २०–
नेपालको इतिहासमा कम्युनिस्ट विचारधारा राख्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । बुवा मुक्तिराम दाहाल र आमा भवानी दाहालका पुत्रका रुपमा उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस २ मा भएको थियो । २०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बन्न सफल भएका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

Prachanda

२०६४ चैत २८ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी बनेपछि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पटक पटक एमालेलाई साथ दिएर प्रधानमन्त्री बनाएका प्रचण्ड भने दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेता बनेका छन् । प्रचण्ड संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस लगायत मधेसवादी दलहरुको समर्थनमा दोस्रो पटक बुधवार प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

Womui
Womui